Diploma in AG-Animal Science

कार्यक्रम संयोजकको सन्देशः

यस उत्तरपानी बहुप्राविधिक शिक्षालयले चार दशकको ईतिहास बोक्दै गर्दा स्थापनाकाल देखि नै प्राविधिक शिक्षाको क्षेत्रमा आफ्नो बर्चस्व कायम गर्दै आईरहेको छ । मध्यम तथा निम्न स्तरिय कृषि प्राविधिक उत्पादन गरि समग्र नेपालको कृषिक्षेत्रका लागी आवश्यक जनशक्ती उत्पादन गर्दै आईरहेको यस शिक्षालयले २०८०/८१ देखि स्वास्थ्य क्षेत्रमा पनि आफ्नो पाईला अघि सारेको छ । साथै, आगामी बर्षदेखि स्वास्थ्य तथा ईन्जिनियरिङ्ग बिषयतर्फका कार्यक्रमहरु बिस्तार गरि आफ्नो प्राविधिक शिक्षाको दायरा अझ फराकिलो पार्ने योजना लिएको छ । तसर्थ, प्राविधिक शिक्षामा आफ्नो भबिष्य खोज्दै गरेका बिद्यार्थीहरुलाई यस उत्तरपानी बहुप्राविधिक शिक्षालय एउटा उत्कृष्ट गन्तव्य हुनेछ ।